तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश मुख्य न्यायाधिवक्तामा नेपाल

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई मुख्य न्यायाधिकवक्तामा आज नियुक्त गर्नुभएको हो ।

यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिनाअघि राजीनामा दिनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button