तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका तीन बिनाविभागीय मन्त्रीको कार्य विभाजन 

जनकपुरधाम ।  मधेश प्रदेशका तीन जना बिनाविभागीय मन्त्रीको आज कार्य विभाजन भएको छ । 

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम तीन जना बिनाविभागीय मन्त्रीहरूको कार्य विभाजन गर्नुभएको हो ।

नेकपा एमालेका तर्फबाट मन्त्री बन्नुभएका एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयले जिम्मेवारी दिइएको छ भने जनता समाजवादी पार्टीका तर्फबाट बिनाविभागीय मन्त्री सञ्जय कुमार यादवलाई अर्थ मन्त्रालय तथा जनमत पार्टीका वसन्त कुमार कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, खानेपानी तथा ऊर्जा मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले नै सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button