तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार र विकास कार्यक्रम प्रसारण गर्ने सम्झौता 

काठमाडौँ । रेडियो नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणबीच रेडियो नेपालबाट कार्यक्रम र सन्देश प्रसारण गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार रेडियो नेपालबाट हरेक मङ्गलवार बिहान ७ः२५ बजेदेखि ७ः४० बजेसम्म सञ्चार र विकास कार्यक्रम प्रसारण हुनेछ। कार्यक्रम रेडियो नेपालले उत्पादन गर्ने छ।

त्यस्तै, रेडियो नेपालबाट विभिन्न समयमा टेलिफोन, मोबाइल तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी चेतनामूलक सन्देश प्रसारण गरिनेछ ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशक सन्दीप अधिकारीले हस्ताक्षर गर्नुभयो।

सम्झौता पत्र रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री र नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दीपेश आचार्यले आदानप्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button