तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा स्मरणशक्ति सेमिनार

काठमाडौँ । ‘मेमोरी किङ्ग’ले परिचित अर्पण शर्माले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा स्मरणीय क्षमता विकाससम्बन्धी कार्यशाला गर्नुभएको छ । बुधबार आयोजित सेमिनारमा उहाँले प्रहरीहरुले लेखाएका शब्दहरु गीतमार्फत् उल्टो र सुल्टो तथा नम्बर समेत भनि स्मरणशक्ति प्रत्यक्ष प्रदर्शन गर्नुभएको थियो ।

कार्यक्रममा मस्तिष्कलाई स्थिर, शान्त र शक्तिशाली बनाउने तरिका, शब्दको क्रम लामो समयसम्म स्मरण गर्ने तरिकालगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यशालमा शर्मासहित उहाँका चार विद्यार्थीले डेमो प्रदर्शनसमेत गरेका थिए । सबै डेमो देख्दा आफूहरु आश्चर्य भएको प्रशिक्षार्थीको भनाइ थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले ‘मेमोरी किङ्ग’ शर्माले विद्यार्थीको स्मरणशक्ति देख्दा खुसी लागेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्तै कार्यशाला भए फाइदा पुग्नु बताउनुभयो ।

प्रहरी उपरीक्षक रमेश थापाले स्मरणशक्तिको कार्यशाला हेरेर आफूलाई आश्चर्य लगेको बताउनुभयो । कार्यशालामा करिब ६५ सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button