तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । 

आज दिउसो २ बजे प्रदेश सभा बैठक बस्ने कार्यतालिका रहेको थियो । अर्को सूचना जारी नभए सम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सञ्चालनका लागि कार्यसूची नहुँदा बैठक स्थगित भएको बताइएको छ । 

यस अघि माघ ३ गते प्रदेश सभा बैठक बसेको थियो । उक्त बैठकले प्रदेश सभाको सभामुख र उपसभामुख चयन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button