तपाईँ सुन्दै हुनुहुन्छः

निष्ठापूर्वक जनताको सेवा गर्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचारमा सङ्गठित भएर पार्टी तथा सङ्गठनलाई सुदृढ बनाउँदै देश र जनताको सेवा गर्नुपर्ने बताउनुभएको छ । 

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रिय स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका विभिन्न सङ्गठनहरूले जनताका समस्या र मागहरूलाई सम्बोधन गर्दै निष्ठापूर्वक सेवा गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेका नेता कार्यकर्ताहरू एउटै विचार र भावनाबाट परिचालन हुनुपर्ने बताउनुभयो । 

अनुशिक्षण कार्यक्रम भोलिसम्म चल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button