तपाईँ सुन्दै हुनुहुन्छः

स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानडामा हुने

काठमाडौँ । ग्रेट नटराज फिल्मस् प्रा.ली. र ह्यापी पाठक इन्टरटेनमेन्ट प्रा.ली.को संयुक्त आयोजनामा स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण आगामी मे महिनामा हुने भएको छ ।

स्टार म्युजिक भिडियो अवार्ड २०२३ नाम दिएको अवार्डकाे याे संस्करण क्यानडामा हुने आयाेजकहरुले बताउनुभएकाे छ। विभिन्न विधाका अग्रज र अनुज श्रष्टालाई अवार्ड र सम्मान प्रदान गरिने उक्त अवार्डको प्रथम संस्करण गत जेठमा काठमाडौंमा सम्पन्न भएको थियो । जसमा १५० बढी म्युजिक भिडियोसँग सम्बन्धित कलाकर्मीलाई अवार्ड प्रदान गरिएको थियो ।

याे पटक क्यानडामा हुने संस्करणमा नेपालबाट ५० भन्दा बढी कलाकार, प्राविधिक र पत्रकार सहभागिता रहने ग्रेट नटराज फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक अशोक बि.ले जानकारी दिनुभयो ।

मदन गजमेर संयोजक ,प्रशान्त कुमार आग्री व्यवस्थापक रहेको अवार्ड आयोजक समितिमा केशव कार्की, रमेश थापा, गोपाल थापा र दिपासा बि.सी. सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button