जर्मनीद्वारा युक्रेनलाई लेपर्ड टू युद्ध ट्याङक दिने घोषणा

काठमाडौं । जर्मनीका चान्सलर ओलाफ स्कोलजले जर्मन निर्मित लेपर्ड टू युद्ध ट्याङक युक्रेनलाई दिने घोषणा गर्नुभएको छ ।
उक्त घोषणासँगै अरू राष्ट्रले पनि युक्रेनलाई जर्मन निर्मित ट्याक पठाउन पाउने भएका छन् ।
रुससँगको तनाव थप बढ्ने चिन्ताले जर्मनीले युक्रेनलाई युद्ध ट्याङक दिन आनाकानी गर्दै आइरहेको थियो ।
त्यसैगरी, अमेरिकाले पनि युक्रेनलाई युद्ध ट्याक पठाउने घोषणा गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्