तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको ब्युरोको निष्कर्ष

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निष्कर्ष निकालेको छ ।

सीआईबीले मङ्गलवार पत्रकार सम्मेलन गर्दै नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ भएको जनाएको छ । सीआईबीले स्पट फिक्सिङको आरोपमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल आलमलाई सोमबार पक्राउ गरिएको थियो ।

छानबिनमा महबुबले कम्तीमा दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको प्रमाण भेटिएको सीआईबीले जनाएको छ । महबुबले प्रतियोगिता दौरान आदिल आलमलाई एउटा नो बल र एउटा वाइड बल फाल्न एप्रोच गरेको र उनले खेलेको कम्तीमा दुई खेलमा सोहो प्रकृतिको खेल खेलेको सीआईबीले जनाएको छ ।

नेपाल टी–ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । आदीलले जनकपुर रोयल्सबाट नेपाल टी–ट्वान्टी खेलेका थिए । महबुब भने कुनै पनि टोलीमा थिएनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button