तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा बालबालिकाहरूलाई कोभिड विरुद्धको फाइजर खोज लगाउन शुरु

वीरगञ्ज । स्वास्थ्य मन्त्रालयको निर्देशन र जिल्ला खोप समन्वय समितिको निर्णय बमोजिम वीरगञ्जमा सोमबारबाट बालबालिकाहरूलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ ।

५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि हरेक वडामा खोप केन्द्रमार्फत कोभिड विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले वीरगञ्जका लागि ८ हजार भाइल फाइजर खोप पठाएको छ । मन्त्रालयको निर्देशन अनुसार वीरगञ्ज महानगरपालिकाको समन्वयमा माघ ९ गतेबाट बालबालिकालाई खोप लगाउन थालिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताउनुभयो ।

कोभिड संक्रमण नियन्त्रणका लागि बालबालिकालाई फाइजर खोप लगाउनुपर्ने भएकाले खोप अभियान नरोक्न प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला खोप समन्वय समितिले निर्देशन दिएपछि महानगरले समन्वय गरेर खोप अभियान अघि बढाएको हो ।

विश्व स्वास्थ्य सङ्गठन तथा विशेषज्ञहरूको रायबाट यो अभियान चलेको भन्दै यसमा कोही पनि भ्रमित नहुन र बालबालिकाहरूलाई खोप लगाउन जयसवालले आग्रह गर्नुभएको छ ।

अहिले जिल्ला स्वास्थ्य कार्यालय पर्साको समन्वयमा जिल्लाको वीरगञ्ज महानगरसहित १४ वटै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको छ ।

वीरगञ्ज महानगरमा मात्रै सोमबार र मङ्गलवार गरी दुई दिनमा ८ हजार बालबालिकालाई खोप लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button