तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा घटाइयो मन्त्रालय

सुर्खेत ।  कर्णाली प्रदेशका ८ वटा मन्त्रालयबाट एक मन्त्रालय घटाउने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको हो ।

अब कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात वटा मन्त्रालय भएका छन् । कर्णालीमा मन्त्रालय घटाउने कुरा गत पुस २७ गते माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्रीको दाबी पेश गर्नु पूर्व एमाले र माओवादीबिच लिखित सहमति भएको थियो । उक्त निर्णयले पूर्णता पाएसँगै कर्णालीमा मन्त्रिपरिषद् विस्तार गर्ने बाटो खुलेको छ । 

सोमबार घटाइएको जलस्रोत मन्त्रालयले तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूले विश्वासको मत पाइसकेपछि सत्ता साझेदार दल नेपाली काँग्रेसलाई भागबन्डा मिलाउनका लागि भौतिक मन्त्रालयबाट नै फुटाउनु भएको थियो । उक्त मन्त्रालयलाई पुनः भौतिकमै गाभिएको हो । अब कर्णालीको मन्त्रिपरिषद् विस्तारका लागि मङ्गलवार बाटै छलफल हुने नेताहरूको भनाइ रहेको छ । एक मन्त्रालय घटाएसँगै कर्णालीमा मुख्यमन्त्री सहित ७ वटा मन्त्रालय बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button