तपाईँ सुन्दै हुनुहुन्छः

कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता शुरु

पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता–२०७९ आजदेखि पोखरा रङ्गशालामा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समग्र प्रदेशमा खेलकुदको विकास, संवर्द्धन, प्रवर्द्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न गण्डकी विश्व विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

प्रतियोगिता सुरुवातका क्रममा कुलपति गणेशमान गुरुङले खेलाडीहरूलाई फुटबल प्रदान गर्नुभएको थियो ।

आज इन्द्रराज्य लक्ष्मी कलेज र ग्लोबल कलेज स्कुलबिच भएको खेलमा ३—१ गोलको अन्तरले इन्द्रराज्य लक्ष्मी कलेज पोखरा विजयी भएको छ ।

१३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका १२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको गण्डकी विश्वविद्यालयका अधिकृत ईश्वर सुवेदी बताउनुभयो ।

प्रतियोगिताका सम्पूर्ण खेल नकआउट चरणमा हुनेछन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफीसहित १० हजारको व्यवस्था गरिएको छ ।

यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरिएको विश्वविद्यालय हो । २०७७ सालमा स्थापना भएको विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button