तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन प्रक्रिया जारी (तस्बिरहरू)

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक अहिले जारी । 

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार हुनुहुन्छ ।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन हुनुहुन्छ ।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा  नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ । 

बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफ्ना  पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरिरहनुभएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button