तपाईँ सुन्दै हुनुहुन्छः

कूटनीतिक सम्बन्धलाई ध्यानमा राखेर सरकार चल्नुपर्छ  : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको कूटनीतिक सम्बन्धलाई ध्यानमा राखेर सरकार चल्नुपर्ने बताउनुभएको छ । 

काठमाडौँमा आज नेकपा एमालेको परराष्ट्र विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले नेपाल अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुनुपर्ने बताउनुभयो । 

उहाँले तनावरहित राष्ट्रको हित, सीमा सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले विकासका लागि अनुकूल वातावरण बनाइने, निर्यातलाई जोड दिई रोजगारीलाई प्रवद्र्धन गरिने, प्रविधिको प्रयोग गरी उत्पादनमा वृद्धि गरिने पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button