तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

अछाम । अछामको साँफेबगरमा प्रथम जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

साँफेबगर नगरपालिकाकाको आयोजना र नगर खेलकुद विकास समिति साँफेबगरको समन्वयमा माघ ८ गतेबाट जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका संयोजक अनिल कुँवरले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार पुरस्कार र द्वितीय हुनेले २१ हजार पुरस्कार पाउनेछन् । टिम दर्ता शुल्क ४ हजार १ सय रहेको संयोजक कुँवरले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्ला भित्रका खेलाडीहरूलाई मात्रै खेलाइनेछ । तर कर्मचारीको हकमा भने जिल्ला बाहिरका भएमा परिचय पत्र अनिवार्य पेश गर्नु पर्ने छ । प्रतियोगी टिमलाई माघ ७ गते साँझ ५ बजेभित्र टिम दर्ता गरिसक्नुपर्ने नगर खेलकुद विकास समितिका संयोजक कुँवरको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button