तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिँदै हुनुहुन्छ ।

दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नु भएको हो ।

पुस २७ गते प्रदेश सभाका ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३ र २ स्वतन्त्र सांसदहरू सहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नु भएको हो ।

संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि लुम्बिनी प्रदेशमा सरकार विस्तार गर्ने तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button