तपाईँ सुन्दै हुनुहुन्छः

झापाको चुरे क्षेत्रबाट ढुंगा तस्करीमा संलग्न दुईजना पक्राउ

झापा । झापाको उत्तरी चुरे क्षेत्रबाट ढुंगा तस्करी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । निन्दा खोलाबाट अवैधरुपमा ढुंगा निकाल्दै गरेको अवस्थामा प्रहरीले मेचीनगर–२ का सुवास लिम्वू र मेचीनगर–३ का मौसम खवासलाई हिजो पक्राउ गरेको हो ।

पक्राउ परेका दुुबैजनालाई आवश्यक कारवाहीका लागि मेचीनगर नगरपालिका कार्यालयमा बुझाइएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिनुभएको छ । प्रहरीले ढुंगा तस्करीमा प्रयोग गरिएका ज २ त ९५३ र प्र–१–०१–००१ नम्वरको ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले ट्रयाक्टरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसअघि पनि निन्दा खोलाको सिरानबाट अवैध रुपमा ढुंगा, गिटी र वालुवा निकालेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button