तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा चौधरी निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा नेकपा एमालेका कोइलीदेवी चौधरी निर्वाचित हुनुभएको छ । उहाँ २८ मत प्राप्त गरि उपसभामुखमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माया पन्तले २४ मत प्राप्त गर्नुभयो । आज बसेको प्रदेश सभाको दोस्रो बैठकमा उपसभामुख चयनका लागि मत विभाजन भएको थियो । ५३ सदस्य प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ मत आवश्यक पर्छ ।

यहाँ सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, राप्रपाको २९ मत रहेको छ । यस्तै काँग्रेस, नेकपा एस, स्वतन्त्र १ गरि २४ मत रहेको छ ।

प्रदेश सभाको अर्को बैठक माघ ११ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button