तपाईँ सुन्दै हुनुहुन्छः

७४ घरधुरीलाई पानी ट्याङ्की वितरण

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–४ डाँडागाउँमा ७४ घरधुरीलाई पानी ट्याङ्की वितरण गरिएको छ ।

नेपाली काँग्रेस प्रदेश ‘ख’ सभापति कर्मा शेर्पाको पाँच लाख भन्दा बढीको लागतमा खरिद गरिएको पानी ट्याङ्की स्थानीयलाई हस्तान्तरण गरिएको हो ।

पाँच सय लिटर क्षमताको पोली ट्याङ्की स्थानीय डाँडागाउँ खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा सभापति शेर्पाले विकासमा राजनीति गर्न नहुने भन्दै समुदायको सर्वपक्षीय विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सहसचिव उत्रमान राई, महाधिवेशन प्रतिनिधि नवीन थापा, काँग्रेस प्रदेश सभा ‘ख’ का सचिव चन्द्र राई, सहसचिव मिङ्मार राई, स्थानीय सरकारका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button