तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सभामुख भण्डारीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

Exif_JPEG_420

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सभामुख भीम भण्डारीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 

धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा आज एक समारोहका बिच प्रदेश प्रमुख देवराज जोशीले नवनिर्वाचित सभामुख भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भयो । 

समारोहमा मुख्यमन्त्री राजेन्द्रसिंह रावल, मन्त्रीगण, नेकपा एमालेका सचिव लेखराज भट्ट, प्रदेश सभा सदस्य, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो । 

यस अघि आज बिहान प्रदेश सभामा सभामुख चयनका लागि भएको मत विभाजनमा उहाँले २९ मत (बहुमत) प्राप्त गर्नु भएर सभामुखमा निर्वाचित हुनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button