तपाईँ सुन्दै हुनुहुन्छः

टिम्मुर खेती आम्दानीको स्रोत बन्यो

म्याग्दी I शहरका होटल देखि विदेशी बजारमा मसलेदार फल टिम्मुरको खपत हुन थालेपछि म्याग्दीमा यसको खेतीमा कृषकको आकर्षण बढेको छ ।

खेतबारीको डिल, कान्ला र खोल्सामा बारको रुपमा लगाइने टिम्मुर पछिल्लो समय कृषकका लागि आम्दानीको स्रोत बन्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानी, धुपीबोट, धावा, ढोलथान र रघुगंगा गाउँपालिकाको कलेजावाङका १५० जना भन्दा बढीले व्यवसायिक टिम्मुर खेती गरेका छन् ।

एक जनाले वर्षमा बीस मुरीसम्म टिम्मुर फलाउने गर्दछन् । पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारको रुपमा लगाएको टिम्मुर किन्न ब्यापारी कृषकको घरमै पुग्ने गरेका छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिम्मुर खेती भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

हाल वार्षिक करिब ६ मेट्रिक्टनको हाराहारीमा टिम्मुर उत्पादन हुन्छ । वन कार्यालय, स्थानीय तह र विभिन्न संघ संस्थाले टिमुरका विरुवा, फल टिप्ने र हाँगा काँटछाट गर्ने औजार वितरण गरेका छन् । वाइट चन्द्रमणी सापकोटा, सहायक वन अधिकृत, म्याग्दी मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिम्मुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । शरिर न्यानो बनाउने र वास्नादार औषधीय गुण भएको टिम्मुर गुणस्तर अनुसार प्रतिकिलो दुई हजार पाँच सय देखि चार हजारका दरले बिक्री हुने गरेको छ ।

टिम्मुर बेनी, पोखरा, काठमाडौ, नारायणघाट लगायत बजारका साथै तिब्बत, जापान, बेल्जियम र कोरीयामा निकासी हुन्छ । वाइट सागर बानिया, कृषक, बेनी नगरपालिका टिम्मुरका दाना टिप्न र बोट काँटछाट गर्दा काडाबाट जोगिन कृषकहरुले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवानै नासिने चुनौति पनि छ । टिम्मुर टिप्न र काटछाट गर्न सिकेचर, करौटी जस्ता औजारको प्रयोगका साथै खेती र बजार विस्तार गर्न सकेमा टिम्मुरबाट कृषकहरुले थप लाभ लिन सक्ने सम्भावना छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button