तपाईँ सुन्दै हुनुहुन्छः

हेमजाका ४ जनाको जहाज दुर्घटना मृत्यु गाउँपुरै शोकमा

कास्की ।पोखराको हेमजा हनुमान चोकका राजन सापकोटा बिहेको वर्ष दिन मनाउन नेपाल आउनु भएको थियो । डिभी परेर अमेरिका बस्दै आउनु भएका सापकोटालाई लिन काठमाडौँ सम्म लिन उहाँकी श्रीमती पुग्नु भएको थियो । अमेरिकाबाट शनिवार काठमाडौँ झर्नुभएका सापकोटालाई लिन उहाँकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुग्नुभएको थियो । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै हुनुहुन्थ्यो । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा पर्नुभयो ।

बिहानसम्मको खुसीयाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बन्नुभएको छ । उहाँका छरछिमेक सबैका आँखा रसाएका छन् ।

डिभी परेर दुई वर्षअघि मात्र अमेरिका जानुभएका सापकोटा गएको वर्ष बिहे गर्नका लागि पोखरा आउनुभएको थियो । गएको वर्ष माघको १९ गते विवाह गर्नुभएका सापकोटा फेरि अमेरिका फर्की शनिवार मात्रै नेपाल आउनुभएको हो । उहाँका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवम् बिहेको एक वर्षपछिको उत्सव (ज्युँती मेटेन) मनाएर फर्कने गरी राजन आउनुभएको हो ।

‘दुर्घटनाको खबरसँगै हेमजा गाउँ अहिले शेकमा डुबेको छ । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उहाँकी श्रीमती भगवती पनि त्यस विमानमा सँगै दुर्घटनामा पर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button