तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा जहाज दुर्घटना : ६९ जनाको शव फेला

कास्की । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर-७२ जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीका हालसम्म ६९ जनाको शव फेला परेको हो ।

तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ । ३२ जनाको शव प्रहरीले सङ्कलन गरिसकेको छ । तीन जनाको शव भेटिए पनि निकाल्न कठिन भइरहेको एसपी केसीले जानकारी दिनुभयो ।

नेपालमा ४ वर्षदेखि उक्त जहाजले उडान भर्दै आएको थियो । काठमाडौँ विमानस्थलबाट आइतबार बिहान १०ः३२ बजे ४ चालक दलका सदस्य र ६८ यात्रुसहित पोखराका लागि उडेको थियो । ‘ल्याण्डिङ क्लियरेन्स’ लिइसकेको विमान सेती खोंचमा खसेको हो । पङ्खा बन्द भएर अचानक धुँवा निस्किई जहाज तल खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सनाखत भएका शव आफन्तलाई भोलि जिम्मा लगाइने कास्की प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button