तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख चयनका लागि सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज साँझ ६ः००बजे प्रदेशसभा बैठक बस्ने तयारी भएको छ । 

आज बसेको सर्वदलीय बैठकमा सभामुख चयनका लागि बेलुकी ६ः०० बजे प्रदेशसभा बैठक बलाउन ज्येष्ठ सदस्यलाई आग्रह गर्ने दलहरुबीच सहमति भएको हो ।  

आज बस्ने बैठकमा सभामुख चयनका लागि निर्वाचन पक्रिया पुनः अघि बढ्ने जानकारी प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

यसअघि, पुस २८ गते बसेको प्रदेशसभा बैठकले सभामुख चयनका लागि मत विभाजन भएको थियो । त्यस दिन सभामुखका प्रतिस्पर्धी नेपाली काँग्रेसका मानबहादुर रावल र नेकपा माओवादी केन्द्रका भिम भण्डारी कसैको पक्षमा बहुमत जुट्न सकेन । त्यसैले सभामुखको चयनका लागि आज पुन मतदान हुन लागेको बताइएको छ । 

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, राप्रपाका गरि २९ जना प्रदेश सभा सदस्य रहेका छन् । 

यस्तै काँग्रेस १९, नेकपा एस ४ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयन हुन बहुमतका लागि कम्तीमा २७ जनाको समर्थन आवश्यक पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button