तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ – बुटवल सडक खण्डको भेडाबारीमा परिक्षण कालोपत्रे

नवलपुर । देशकै गौरवको आयोजना नारायणगढ – बुटवल सडक खण्ड विस्तार अन्तरगत परिक्षण कालोपत्रे गरिएको छ ।

पूर्वी खण्ड अन्तरगत (नवलपरासी बर्दघाट सुस्ता पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका भेडाबारी खण्डमा १२ सय  मिटर कालोपत्रे गरिएको हो । अहिलेका लागि परिक्षण गर्न मात्रै कालोपत्रे गरिएको आयोजनाका सूचना अधिकारी धिरज ढकालले जानकारी दिनुभयो ।  तत्काल १२ सय मिटर  मात्रै कालोपत्रे गरिने उहाँले बताउनुभएको छ । 

सडक   विस्तारको काम अहिले २३ प्रतिशत सम्पन्न भएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । अहिले साना – ठूला पुल ,  ड्रेन निर्माण , माटो  भर्ने ( फिलिङ ), सबवेश बनाउने लगायतका काम धमाधम भइरहेको सूचना अधिकारी ढकालले बताउनुभयो । 

काममा ढिलासुस्ती भएपछि सरकारले ठेक्का तोड्ने चेतावनी दिएको थियो । त्यसपछि निर्माण कम्पनीले काममा तीव्रता दिएको छ । अहिले  दैनिक रुपमा आठ सय जना मजदुरले काम गरिरहेका छन् ।  बाटोको काम दिउसोको समयमा भएको छ । भने , पुलको काम दिउसो र राति गरेर  गरिएको छ ।  केही पुलमा पायलिङको काम भएकोले रातिको समयमा पनि काम भइरहेको ढकालले बताउनुभयो । 

सम्झौताअनुसार चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २२ साउन २०७९ सम्म आयोजनाको सबै काम सक्नुपर्ने थियो । कोभिड  – १९ संक्रमण , मजदुर आन्दोलन र ठेकेदारको ढिलासुस्ती लगायतका कारण काम सम्पन्न  गर्नुपर्ने अवधिमा  जम्मा १८ प्रतिशत मात्रै काम भएको थियो ।  

सडकका कारण यात्रुले निकै सास्ती खेप्न परेपछि सरकारले  गत असोज ९ गते सार्वजनिक सूचना मार्फत निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको थियो  । एक महिनाको समयसीमा दिएर काममा प्रगति नदेखिए ठेक्का रद्द गर्ने  चेतावनी दिएपछि अहिले कामले गति लिएको हो ।

सरकारले गत साउनदेखि लागू हुने गरी ३८६ दिन म्याद थप गरेको छ । अहिले जसरी नै द्रुत गतिमा काम भए थपिएको म्याद अवधिसम्म करिब ४०  प्रतिशत काम सम्पन्न  हुने ढकालको भनाई छ । 

नारायणगढ – बुटवल सडक खण्ड विस्तार अन्तरगत पूर्वी खण्डमा १२ वटा ठूलो पुल ( मेजर ब्रिज) र सानो २२ वटा ( माइनर ब्रिज ) बन्नेछन् । 

११३ किलोमिटर सडक खण्डको काम गैँडाकोट – दाउन्ने र दाउन्ने –  बुटवल दुई  खण्डमा विभाजन गरेर सुरु गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button