तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलद्वारा पद तथा गोपनीयताको शपथ 

Exif_JPEG_420

धनगढी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आज एक समारोहका बीच प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मुख्यमन्त्री रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 

उहाँ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

यसैगरी नवनियुक्त दुई जना विना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  

प्रदेश प्रमुख देवराज जोशीसमक्ष नवनियुक्त मन्त्री द्वय नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले पद तथा गोपनजीयताको शपथ लिनुभयो । 

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको सत्ता गठबन्धन रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button