तपाईँ सुन्दै हुनुहुन्छः

इटहरीका सामाजिक व्यक्तित्व घिमिरेलाई नागरिक अभिनन्दन गरिने 

सुनसरी  । इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेलाई नागरिक अभिनन्दन गरिने भएको छ । 

सामाजिक, शैक्षिक र साहित्य क्षेत्रमा प्रशंसित घिमिरेलाई आगामी माघ २७ गते अभिनन्दन गर्न लागिएको हो । 

घिमिरेको अभिनन्दनका लागि कवि अनिल पौडेलको संयोजकत्वमा समिति बनाइएको  छ । ताप्लेजुङ साँघुमा जन्मिएर इटहरीमा कर्मथलो बनाएर बसेका घिमिरेलाई ७८ वर्ष उमेर पुगेका दिन अभिनन्दन गर्न लागिएको हो । इटहरीमा यसअघि नागरिक स्तरबाट भाषाविद् प्राध्यापक डाक्टर टङ्क न्यौपाने र मजदुर नेता ओम कोइराला अभिनन्दन गरिएको थियो । नेता कोइरालाको निधन भई सकेको छ । 

शैक्षिक क्षेत्रको उन्नयनमा जीवनको ऊर्जा लगानी गरेका घिमिरेको अभिनन्दनकै क्रममा सयभन्दा बढी लेखकले लेखेका सामग्रीसहितको ग्रन्थ पनि प्रकाशन हुने भएको छ ।  ग्रन्थ प्रकाशनका लागि सम्पूर्ण सामग्री तयारी भएको संयोजक पौडेलले बताउनुभयो । उहाँका अनुसार समाजमा योगदान पु¥याउने अनि अग्रजलाई सम्मान गर्नका लागि नयाँ पुस्तालाई संस्कार सिकाउन पनि यस खाले नागरिक अभिनन्दनले सहयोग पुग्नेछ । 

खासगरि इटहरीको इतिहास निर्माण गर्ने र भविष्यमा इतिहास बन्न सक्ने विविध क्षेत्रका व्यक्तिको पहिचान गरि नागरिक अभिनन्दन गर्ने योजना रहेको पौडेलले बताउनुभयो । 

अभिनन्दनका क्रममा झाँकीसहित इटहरी बजार परिक्रमा गरिनेछ । घिमिरेलाई अभिनन्दन गर्न त्यसको तयारीका लागि मुल आयोजक समितिसँगै आर्थिक, प्रचारप्रसार, व्यवस्थापनलगायतका अलग अलग समितिले युद्दस्तरमा काम गरि रहेको मुल समितिको सचिव सागर भट्टराईले बताउनुभयो ।  प्रचारप्रसारका लागि इटहरीलाई कार्यक्षेत्र बनाएर काम गर्ने सम्पूर्ण पत्रकारलाई छापा, अनलाइन, रेडियो र टेलिभिजन विभाग छुट्टाएर जिम्मेवारी प्रदान गरिएको छ । 

प्रचारप्रसार समितिले पत्रकारसँग बुधबार एक छलफल कार्यक्रम समेत आयोजना गर्‍यो  । सो क्रममा पत्रकार सुविद गुरागाईँले घिमिरेको नागरिक अभिनन्दनबारे चर्चा–परिचर्चा इटहरी कार्य क्षेत्र बनाएर काम गर्ने पत्रकारले सञ्चार गृहमा समाचार प्रकाशन–प्रसारण गरेसँगै सामाजिक सञ्जालमार्फत पनि गर्नुपर्ने बताउनुभयो । 

सो क्रममा लेखनाथ घिमिरे अभिनन्दन मुल समारोह समितिका संयोजक पौडेलले समाजको बृहत्तर हितमा लाग्ने पात्र पहिचान गरी योजना बनाएरै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button