तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर अस्पतालको सेवामा वृद्धि, विशेषज्ञ थपिए

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा बिरामीलाई दिइने सेवामा वृद्धि गर्न विशेषज्ञ चिकित्सक थप गरिएको छ । 

पचास शैयाको अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माण भएपनि जनशक्तिको अभाव रहेको अस्पतालमा केही विशेषज्ञ डाक्टर थप गरिएको छ । पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भइरहेका बेला केही जनशक्ति व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामराज आङदेम्बेले जानकारी दिनुभयो ।

अस्पतालले हाडजोर्नी तथा नसा रोग ओ‍.पि.डी. सेवा, हाडजोर्नी रोग सम्बन्धी शल्यक्रिया सेवा, जनरल सर्जन ओ‍.पि.डी सेवा, जनरल सर्जरी  सम्बन्धी शल्यक्रिया सेवा ,एनेस्थेसिया सेवा थप गरेको छ । उक्त सेवा प्रभाव गर्न हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर  देउमान लिम्बू, जनरल सर्जन डाक्टर प्राञ्जल चन्द्र पौड्याल र अप्रेसन फिजिसियन डाक्टर गणेश वन थप गरिएको अस्पतालले जनाएको छ ।

विशेषज्ञ थप गरे सँगै हाइड्रोशिल, एपेन्डिसाइड, मलद्वारका रोगहरू, पित्त थैली जस्ता रोगहरूको शल्यक्रिया अस्पतालमै हुने चिकित्सकले जानकारी दिनुभयो । 

५० बेडको अस्पतालको भवन भएपनि अझै १५ बेडकै दरबन्दी रहेको छ । अस्पतालमा रहेको आइसियु जनशक्ति नहुँदा सञ्चालन हुन सकेको छैन । ५० शैयामा स्तर उन्नतिका लागी पहल भइरहेको अध्यक्ष आङ्देम्बेको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button