तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय 

काठमाडौं । सरकारले पृथ्वी जयन्तीका अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

हिजो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय अनुसार पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । 

गृहमन्त्रालयद्धारा आज जारी प्रेस विज्ञप्तिमा नेपाल राज्यभर र विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button