तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार सहित ४१ लाखमा बनेको सडक डिभिजनको पर्खाल एक बर्ष नपुग्दै भत्कियो

अछाम । सडक डिभिजन कार्यालय अछाम अछामको पर्खाल एक बर्ष नपुग्दै भत्किएको छ ।

सडक डिभिजन कार्यालय साँफेबगरले आर्थिक बर्ष २०७७/०७८ मा साँफे चौखुट्टे सडकमा पूर्वाधार निर्माण सहित कार्यालयको पर्खाल निर्माणका लागि ४१ लाख ८५ हजार भुक्तानी गरेको छ ।

निमार्ण कम्पनी जय श्री वैद्यनाथ निर्माण सेवा अछामले निर्धारित समयमा निमार्ण सम्पन्न नगरे पछि २ महिना समय अवधि थपेर निमार्ण सम्पन्न गरेको थियो ।

निर्माण भएको बर्ष दिन नपुदै करिब ३० मिटर लामो पर्खाल नराम्ररी भत्किएको छ ।

यता सडक डिभिजन कार्यालयले भने निमार्ण समय सकिएको एक बर्ष सम्म निमार्ण कम्पनीकै जिम्मा भएकाले भत्किएको पर्खाल पुनः निर्माणको काम समेत निर्माण कम्पनीको भएकाले निर्माणको लागि पत्र काटेको कार्यालय प्रमुख विवश बाबु सहादेवले बताउनुभयो ।

सडक डिभिजन कार्यालयकै आँगनको पर्खाल निमार्ण सम्पन्न भएको बर्ष दिन नपुग्दै भत्किँदा सडक डिभिजन कार्यालयले गरेका अन्य काममा कस्तो गुणस्तर होला भनेर स्थानीयले प्रश्न गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button