तपाईँ सुन्दै हुनुहुन्छः

एक किलो बढी चरेससहित २ जना पक्राउ

अछाम । लागू औषध चरेससहित अछाममा २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायव निरीक्षक दिलीप सिंह बिसीको कमान्डमा खटिएको प्रहरीको टोलीले साँफेबगर ३ बाट बुढीनन्दा १० बाजुराका ६० वर्षिया लाक्पा थापा र सोही ठाउँकी ३५ वर्षिया धम्ब चेतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।

लाक्पा थापाको साथबाट ८३८ ग्राम र धम्ब चेतोबाट १७८ ग्राम गरी १ किलो १६ ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । चरेससहित दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिस्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button