तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा हाइस दुर्घटना हुँदा चालक गम्भीर घाइते

अछाम । अछाममा हाइस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । 

बिहीबार बिहान अछामको सदरमुकाम मङ्गलसेन स्थित जिल्ला कारागार कार्यालय तल अस्पताल जाने बाटो नजिकै दुर्घटना हुँदा गाडी चालक कमलबजार नगरपालिका ५ का अन्दाजी ३० वर्षीय श्याम खत्री गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह बिस्टले जानकारी दिनुभयो।

कमलबजार नगरपालिका वडा नम्बर ५ का नरेश शाहीको लु २ ख ६४८० नम्बरको हाइस अनियन्त्रित भएर दुर्घटना हुन पुगेको विष्टले बताउनुभयो । प्रहरी निरीक्षक बिस्टका अनुसार गाडीमा अन्य यात्रु नरहेको पाइएको छ । घाइते भएका चालक खत्रीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

यता जिल्ला अस्पताल अछामका नर्सिङ निरीक्षक गंगा बुढामगरले घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button