तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका सभामुखको निर्वाचन पुस २८ गते हुने 

धनगढी । सुदूरपश्चिम प्रदेशका सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । 

सभामुखको निर्वाचन पुस २८ गते गर्ने कार्यतालिका तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुखको चयनका लागि पुस २८ गते दिउसो १ः०० बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको बताउनुभयो । 

सचिवालयका अनुसार पुस २७ गते बिहान साढे १० बजेदेखि दिउसो साढे २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

यस्तै दिउँसो ३ः बजे उम्मेदवारको नामावली प्रकाशन तथा ४ बजेसम्म दाबी बिरोध र बेलुकी ५ः०० बजेभित्र उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ । 

यसअघि प्रदेशसभाको बैठकमा ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुखको निर्वाचन पुस २८ गते सम्पन्न गर्नका लागि प्रदेशसभा सचिवालयलाई निर्देशन दिनुभएको थियो । 

प्रदेशसभामा नेपाली काँग्रेस १९, नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button