तपाईँ सुन्दै हुनुहुन्छः

पुस २२ गतेबाट बर्जु महोत्सव हुने 

सुनसरी । सुनसरीको सीमावर्ती बर्जु गाउँपालिका–६ चिमडी बर्जु तालमा बर्जु महोत्सवको तयारी भएको छ । 

स्थानीयस्तरमा पर्यटक प्रवर्धन गर्ने र स्थानीय उत्पादनको पर्दशन तथा मनोरञ्जनात्मक कार्यक्रम सहित बर्जु महोत्सवको तयारी भएको हो । 

बर्जु–६ चिमडीस्थित बर्जु तालको परिसरमा पुस २२ गतेदेखि सुरु हुने बर्जु महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने आयोजक बर्जु सामुदायिक विकास केन्द्रले जनाएको छ ।

यही ठाउँमा गत वर्ष बढ्दो कोरोनाको तेस्रो लहरका कारण सुनसरी प्रशासनले बर्जु महोत्सवमा रोक लगाएकोमा आयोजक बर्जु सामाजिक विकास केन्द्रको अगुवाइमा महोत्सव जारी राखेर भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनेको तर नआएपछि आगजनी भएको थियो ।

गत वर्ष यादवलाई हेर्न २०७९ पुस २७ बिहानैदेखि सर्वसाधारणको भीड लागेको भएपनि गायक तथा कलाकार यादव कार्यक्रम स्थलमा नआएकाले लाखौँको क्षति भएको थियो ।

आक्रोशित दर्शकको भीडले आगजनी गर्दा चार वटा भारतीय नम्बरको स्कारपिओ, एउटा सिटिसफारी, एउटा मोटरसाइकल र एउटा साइकल तोडफोड गर्नुका साथै एक हजार वटा प्लास्टिकको कुर्सी, स्टेज साउण्ड सिस्टम र दुईवटा जेनेरेटर पूर्णरूपले नष्ट गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button