तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा शाह 

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ । 

प्रदेशसभा संसदीय दलको नेतामा शाह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य रामबहादुर देउवाले जानकारी दिनुभयो । 

संसदीय दलको नेताका लागि शाहको एकल उम्मेदवारी परेपछि उहाँ दलको नेतामा निर्विरोध निर्वाचित हुनुभएको हो । 

शाहको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाशबहादुर देउवा रहनुभएको थियो।  शाह कैलाली निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

सुदूरपश्चिम प्रदेशसभामा काँग्रेसका १९ जना प्रदेश सभा सदस्य रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button