तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभाकाे पहिलो अधिवेशन शुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सभाकाे दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि शुरु भएको छ । 

आज बसेको प्रदेश सभाकाे पहिलो बैठकमा ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुखको निर्वाचनका लागी पुस २८ गते दिउसो १ बजेको समय तोक्नु भएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा उहाँले प्रदेश सभाकाे प्रथम अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुखको कार्यालय प्राप्त पढेर सुनाउनु भयो । यस्तै बैठकले प्रदेश नियमावली २०७४ (पहिलो संशोधन २०७६ सहित) स्वीकार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । त्यस अघि ज्येष्ठ सदस्य रावलले बैठकमा उक्त नियमावली स्वीकार गर्ने सम्बन्धी प्रस्ताव पेश गर्नु भएको थियो । 

प्रदेश सभा बैठकमा भाग लिँदै नेपाली काँग्रेसका शिवराज भट्ट, नेकपा माओवादी केन्द्रका खगराज भट्ट, नेकपा एमालेका राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्तिका लक्ष्मणकिशाेर चौधरी, नेकपा एकीकृत समाजवादीका दिर्घबहादुर साेडारी, राप्रपाका खिमादेवी बिष्ट, स्वतन्त्र डा‍‍.ताराप्रसाद जोशीले प्रदेश सभा अधिवेशन सफलताको शुभकामना दिनु भएको तियो । अर्को बैठक पुस २८ गते दिउसो १ बजे बस्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button