तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

भद्रपुर, झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा एकजना महिलाको मृत्यु भएको छ ।

गएराति झापाको शिवसताक्षी–११ की ६१ वर्षीया कृष्णमाया भण्डारीले हात्तीको आक्रमणमा ज्यान गुमाएकी हुन् । राति २ बजे आएको हात्तीले आक्रमण गर्दा भण्डारीका श्रीमान् शान्तिराम गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको स्थानीय प्रेम भण्डारीले जानकारी दिनुभयो ।

हात्तीले घर भत्काउन थालेपछि भण्डारी परिवार भाग्ने अवस्थामा पुगेको थियो । सोही बेला हात्तीले आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button