तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण

सोलुखुम्बु । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ का दुई विद्यालयका १५६ जना विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण गरिएको छ ।

मध्ये चिसोको समयमा पद्मकन्या आधारभूत विद्यालय र सिद्धकाली आधारभूत विद्यालयका १४२ जना विद्यार्थी र १४ जना शिक्षकलाई एड फर नेपालले एक÷एक थान ज्याकेट प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष एवं टानका पूर्व अध्यक्ष चोलेन्द्रबहादुर कार्कीको पहलमा पद्मकन्या ११२ जना र सिद्धकालीका ३० जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो । 

स्थानीय समेत रहनुभएका अध्यक्ष कार्कीले आफ्नो गाउँको विद्यालयमा सहयोग जुटाउन पाउँदा खुशी लागेको भन्दै आगामी दिनमा पनि विद्यार्थी आकर्षण गर्ने खालका सहयोग जुटाउने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष गौरव राई र प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादवले शिक्षा क्षेत्रमा विभिन्न किसिमका सहयोगले शिक्षक तथा विद्यार्थी उत्साही हुने बताउनुभयो । 

बढ्दो चिसोको समयमा न्यानो कपडा प्राप्त भएपछि विद्यार्थी तथा शिक्षकहरू खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button