तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय पोल्टी दिवसमा अण्डा र मासु वितरण

दोलखा । राष्ट्रिय पोल्टी दिवसको अवसरमा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चरिकोटले गर्भवती महिला, बालबालिका, कुपोषण र पुड्को भएका बालबालिका तथा अशक्त र बिरामीहरूलाई अण्डा वितरण सुरु गरेको छ । 

केन्द्रले दोलखाको बैतेश्वर गाउँपालिकाको काब्रेमा रहेको हनुमन्तेश्वर माविका विद्यार्थी, सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालका बिरामी तथा गर्भ जाँचको लागि आएका महिला, चरिकोटकै गौरीशङ्कर बालगृहमा रहेका बालबालिका र आवाज नेपालमा रहेका जोखिममा परेका महिला तथा बालबालिकाहरूलाई अण्डा तथा मासु वितरण गरिएको सूचना अधिकारी डा.ध्रुब डिसीले बताउनुभयो ।

पोल्टी क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधार हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सोमवारबाट सुरु भएको सप्ताहव्यापी दशौँ राष्ट्रिय पोल्टी दिवसको अवसरमा जिल्लाको विभिन्न विद्यालय, स्वास्थ्य संस्था र समुदायमा रहेका गर्भवती महिला, बालबालिका तथा अशक्त महिला तथा बालबालिकाहरूलाई अण्डा र मासु वितरण गरिने भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चरिकोटका सूचना अधिकारी डा.ध्रुब डिसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button