तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनको बैठक बस्दै : मन्त्रिमण्डल बिस्तार र प्रदेश सरकार गठनबारे छलफल हुने

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा आगामी सहयात्रा, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि, बुधवार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको थियो।

आजको बैठकमा उपराष्ट्रपति, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ। राष्ट्रपति र सभामुख भने नेकपा एमाले लिने यसअघि नै सहमति भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button