तपाईँ सुन्दै हुनुहुन्छः

जनादेश अनुसार आफ्नो पार्टीले संसद्मा भूमिका खेल्ने : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनादेश अनुसार भूमिका निर्वाह गर्ने बताउनुभएको छ । 

सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा मन्त्री कार्कीले बद्लिँदो राजनीतिक परिस्थितिलाई आत्मसाथ गर्दै जनादेश अनुसार आफ्नो पार्टीले संसदमा भूमिका खेल्ने बताउनुभयो ।

मन्त्री कार्कीले आफ्नो कार्यकालमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य रुपमा प्रगति हासिल गरेको बताउनुभयो ।

उहाँले प्रविधिको क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता बढाई प्रविधिलाई अर्थतन्त्रसँग जोड्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले मन्त्री कार्कीको कार्यकालमा ९५ प्रतिशत काम डिजिटल हुनु प्रविधिमैत्री सरकारको सफलताको रुपमा लिन सकिने बताउनुभयो । 

सरकार परिवर्तन भएसँगै नेपाली कांग्रेसका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभएका मन्त्री कार्कीलाई आज मन्त्रालयले बिदाइ कार्यक्रमको आयोजना गरेको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button