तपाईँ सुन्दै हुनुहुन्छः

करिब २० लाख मूल्यको अवैध सामग्री बरामद

झापा । झापामा करिब २० लाख मूल्य बराबरको अवैध सामग्री प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाको मेचीनगर नगरपालिका ८ बाट प्रहरीले बेवारिसे अवस्थामा रहेको अवैध सामग्री बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय झापाबाट समेत खटिएको प्रहरी टोलीले मेचीनगर ८ को खडियाबस्तीस्थित सडक छेउ, नरबहादुर कुँवरको खाली गाई गोठमा १९ पोका कपडा र दुई पोका गाडीका पार्टस्हरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । ती सामान भारतबाट अवैध ढङ्गबाट भित्र्याइएको प्रहरीको भनाइ छ ।

ती सामानको अन्दाजी मूल्य २० लाख रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button