तपाईँ सुन्दै हुनुहुन्छः

सम्बन्धीत व्यक्तिलाई मोबाइल हस्तान्तरण

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा चोरी तथा हराएको मोबाईल फेला पारि सम्बन्धीत धनीहरुलाई बुझाएको छ ।
प्रहरीले आफ्नो नियमित कार्यसँगै चोरीको मोबाईल फोन खोजी गरि दिन अनुरोधका साथ आएको निवेदनमाथि सुनुवाई गर्दा २९ थान मोवाईल फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
प्रहरीले फेला पारेका मोबाइलहरु सम्बन्धी व्यक्तिलाई नै बुझाईएको प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो ।
राईका अनुसार नेपालको प्रचलित कानून र नेपाल प्रहरीको सीडीआर सम्बन्धि निर्देशिका बमोजिम हराएका तथा चोरी भएका मोबाईल खोजिदिन परेका २ सय निवेदनहरुमा आईएमईआई रेकर्ड भई खोज तलास हुँदा हराएका मध्ये २९ वटा मोबाईल फेला परेको हो
फेला परेका मोवाईल मध्ये १५ जनालाई बुधबार मात्रै प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले सम्बन्धीत पक्षलाई बुझाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button