तपाईँ सुन्दै हुनुहुन्छः

जनजातिलाई मधेसीबाट सांसद सिफारिस गरेको भन्दै मुद्दा दायर

अदालतले दियो कारण देखाऊ आदेश

सुनसरी । नेपाली काँग्रेसले प्रदेश १ मा समानुपातिक तर्फको सांसद बनाउन सिफारिस गरेको अन्तिम नामावलीप्रति असन्तुष्टि जनाउँदै सुनसरीकी लक्ष्मी ठाकुरले उच्च अदालत पाटनमा मुद्दा दायर गर्नुभएको छ ।

मङ्सिर २३ गते ठाकुरले उच्च अदालत पाटनमा दायर गर्नुभएको मुद्दामा आज सोमबार सुनुवाई गर्दै अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश विपुल न्यौपानेको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

ठाकुरका कानुन व्यवसायी दिपक शर्मा दुवेले जनजातिलाई मधेसी कोटाबाट समानुपातिक सांसदको नाम सिफारिस गरेको भन्दै मुद्दा दायर गरेको बताउनुभयो ।

ठाकुरको ठाउँमा पर्नुभएकी गणेश आदिवासी जनजाति महिला महासङ्घको केन्द्रिय उपाध्यक्ष भएकाले मधेसी कोटामा सांसद बन्न नहुने तर्क गरिएको छ । जनजातिलाई मधेसीको कोटामा सांसद बनाएर मधेसीको अपमान गरिएको दाबी गरिएको छ ।

ठाकुरले पार्टीले निर्वाचन अगाडि समानुपातिक तर्फको नाम सिफारिस गरेपछि दाबी विरोध गर्न दिएको समयमा समेत निर्वाचन आयोग र पार्टीमा निवेदन दिनुभएको थियो ।

‘दाबी विरोध गर्दा समेत सुनुवाई भएन’, उहाँले भन्नुभयो, मधेसीको कोटामा जनजातिलाई सांसद बनाएपछि बाध्य भएर अदालत गए ।’

निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम बन्द सूचीमा मधेसी महिलामा १ नम्बरमा लखी गणेश र २ नम्बरमा लक्ष्मी ठाकुरको नाम रहेको छ । ठाकुरले आफू अन्यायमा परेकोले न्यायका लागि अदालत पुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button