तपाईँ सुन्दै हुनुहुन्छः

‘बन्द कोठामा गरिने कार्यक्रमले मानव अधिकारको रक्षा हुँदैन’ 

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले होटलका बन्द कोठामा गरिने कार्यक्रमले मानव अधिकारको रक्षा हुन नसक्ने बताउनुभएको छ । 

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०७९ का अवसरमा मन्त्री शाहीले मानव अधिकारको रक्षा र समाजमा विद्यमान विभेद अन्त्यका लागि कर्णालीका १० वटै जिल्लाका कुना कन्दरामा रहेका लक्षित वर्गसम्म कार्यक्रम पुर्‍याउन आवश्यक रहेको औँल्याउनुभयो । 

उहाँले कर्णालीको समस्या बुझ्न र जान्नका लागि होटलमा कार्यक्रम गर्ने प्रवृत्तिको अन्त्य नहुन्ज्यालसम्म कर्णालीमा मानव अधिकारको रक्षा, बालविवाह, बहुविवाह, जातीय विभेद जस्ता सामाजिक कुरीति न्यूनीकरण हुन नसक्ने बताउनुभयो । 

कार्यक्रममा मानव अधिकारकर्मी पीताम्बर ढकालले मानव अधिकारको क्षेत्रमा काम गर्नेक्रममा अधिकारकर्मीहरू नै असुरक्षित रहेकाले अधिकारकर्मीको पहिचान र सुरक्षाका लागि प्रदेश सरकारले छुट्टै कानून निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश प्रमुख लोकनाथ बास्तोलाले आर्थिक वर्ष २०७८÷०७९ मा कर्णाली प्रदेशभर १ सय ९५ वटा मानव अधिकार हननका घटना घटेको जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button