तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।  

पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा केही बेरअघि सचिवालय बैठक सुरु भएको एमाले प्रचार विभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

आजको बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । 

सबभन्दा बढी मत ल्याएर समानुपातिकतर्फ पहिलो पार्टी भएको एमालेले आज ३४ जना नेतालाई सांसदको नाम छनोट गर्दैछ । 

निर्वाचन आयोगले बुधवार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको थियो ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button