तपाईँ सुन्दै हुनुहुन्छः

फ्लुबाट अमेरिकामा ७ हजार ३ सय जनाको मृत्यु

लस एन्जलस ।  संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा  २५ हजारभन्दा बढी मानिसहरू फ्लुका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ।

मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ ।

यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तीमा १ करोड ३० लाख बिरामी भएको र एक लाख २० हजार अस्पताल भर्ना भएका छन् भने सात हजार ३०० जनाको मृत्यु भएको  केन्द्रले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button