तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कालाई

नेपालगञ्ज । धारा आठौँ नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । 

उनले ४२।१९५ किलोमिटरको निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै खड्काले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । 

यस्तै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो भएका छन् । २ घण्टा २२ मिनेट २९ सेकेण्डमा निर्धारित दुरी पार गरेका रावतले नगद ६० हजार पुरस्कार जितेका छन् । तेस्रो स्थानमा पनि सेनाकै मोहनदेव जोशी आएका छन् । उनले २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गरेका हुन् । उनले नगद रु। ३० हजार पुरस्कार पाए ।

नेपालगञ्ज हाफ म्याराथनको उपाधि यस वर्ष पनि धाविका सन्तोषी श्रेष्ठले जितेकी छन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा १६ मिनेट ४१ सेकेण्डमा पार गरिन् । अघिल्लो वर्ष पनि यो उपाधि उनैले जितेकी थिइन् । उनले नगद रु।६० हजार जितेकी छिन् । भारतीय खेलाडी अञ्जली चौहान दोस्रो भइन् । उनले १ घण्टा २५ मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गरेकी हुन् । उनले रु।३० हजार जितिन् ।

सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मङ्सिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मङ्सिर पहिलो शनिबार क्रियटिभ ह्याण्ड्सले नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएको छ । 

यो बर्ष निर्वाचनका कारण नेपालगञ्ज म्याराथन पछाडि धकेलिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button