तपाईँ सुन्दै हुनुहुन्छः

राटनगर बास्केटबलको उपाधि बिकेभिएम र अरनिको स्कुललाई

सुन्दरहरैँचा । विराटनगरमा भएको  विद्यालय स्तरीय तेस्रो संस्करणको बास्केटबल कप प्रतियोगिताको फाइनल खेलमा बिकेभिएम र अरनिको स्कुलले उपाधि हात पारेका छन् । 

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फको फाइनल खेल कोबास कलेजको बास्केटबल कोर्टमा भएको थियो । 

फाइनल खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३७–२८ अङ्कले पराजित गर्दै बिकेभिएम स्कुल विजयी भएको छ । 

त्यसैगरी महिलातर्फको फाइनल खेलमा पोखरीया स्कुललाई २–४ अङ्कले पराजित गर्दै अरनिको स्कुल विजयी भएको थियो । पुरुष र महिलातर्फको खेलमा क्रमशः बिकेभिएम स्कुलका गुनानन्द यादव र अरनिको स्कुलका उत्कृष्ट खेलाडी घोषित भएकालाई ट्रफी वितरण गरिएको थियो । 

विद्यालय स्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी आठ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button