तपाईँ सुन्दै हुनुहुन्छः

फिफा विश्वकप: क्वाटर फाइनलका खेल सुरु हुँदै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रवारबाट क्वाटर फाइनलका खेलहरू सुरु हुँदैछ ।

कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटर फाइनल खेलहरू हुनेछन् । पहिलो क्वाटर फाइनलमा ब्राजिल र क्रोएसियाबिच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबिचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । ब्राजिलले राउन्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यस्तै दोस्रो क्वाटर फाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । अर्जेन्टिनाले राउन्ड अफ १६ मा अस्ट्रेलियालाई हराएको थियो । यस्तै नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button